हेटौंडा, २८ साउन/

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, स्वर्गीय सुशिल कोईरालाको ८० औं जन्मजयन्तीमा कांग्रेस मकवानपुरले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कार्यबहाक सभापति लामिछानेले ७० वर्षदेखिको संविधान सभाबाट संविधान निर्माण गरी जनताको शासन स्थापित गर्ने नेपालीको चाहना स्वर्गीय शुसिल कोइरालाको नेतृत्वमा सफल भएको स्मरण गराउँनुभयो । उहाँले कोईराला हाम्रो बीचमा नभए पनि कोइरालाले नेपाली राजनीतिमा स्थापित गर्नुभएको त्यागको राजनीतिले भावी पुस्तालाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु, माधव आचार्य, अमृता थापा मगर, ईन्दिरा न्यौपाने, भीमसेन महत, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दलका अध्यक्ष ईश्वर पाठक, नेविसंघका अध्यक्ष राजु खतिवडा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारलगायत पार्टीका भातृ तथा सुभेच्छुक संघ संगठनका पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।