dalit pariwar

हेटौँडा,२८ साउन ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ मा रहेको मसानघाट परिसरमा  वाध्य रहेको दलित परिवारलाई हेटौँडा उपमहानगरपालिकाले उद्धार गरि दुई कोठे घर उपलब्ध गराउने भएको छ ।उनीहरुको परिवार मध्येको एकजनालाई उपमहानगरपालिकाले रोजगारी समेत दिने हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

परिवर्तनशिल सामुदायिक वन परिषरमा पर्ने मसानघाटमा मलामी कुर्नको लागि बनाईएको झुपडिमा बस्न वाध्य रहेको परिवारको विषयमा मकवानपुरे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि उपहानगरपालिकाले उनीहरुको परिवारलाई उद्धार गरि दुई कोठे घर निर्माण गरिदिने र परिवारको एकजना सदस्यलाई उपमहानगरपालिकाको सफाई कर्मचारी बनाईने मेयर महतले बताए ।

तीनजनाला बच्चा सहितको पाँच जना सदस्य रहेको परिवारको आर्थिक अवस्था एकदम न्युन रहेको कारण स्कुल जाने उमेर भएका सन्तानलाई पढाउन समेत नसकेको छाप्रोमा विहानै छाडेर कामको लागि हिडनुपर्ने वाध्यता रहेको पार्वती सुनारले बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।