
साउन २८ –पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।
साढे ४ बजेदेखि लागेको आगो निभाउन ४ वटा दमकलले प्रयास गरिएको छ । आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । क्षतिसहित थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्