file photo

एजेन्सी,ब्राजिलियन स्टार खेलाडी नेमार फ्रान्सेली क्बल पेरिस सेन्ट जर्मेन छोडेर पुरानै क्लब बार्सिलोना वा अर्को स्पेनिस क्लब रियल मड्रिड फर्किने चर्चा चलिरहेको छ। बार्सिलोनाले पुनः अनुबन्ध गराउन प्रयास गरिरहेको छ भने रियल मड्रिडले पनि नेमारलाई भित्र्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको छ।

क्लब छोड्ने इच्छा व्यक्त गरेका नेमारलाई फ्रेन्च लिगको पहिलो खेलमा पीएसजीले टोलीमा समावेश गरेन। पहिलेभन्दा अहिले नेमारले क्लब छोड्ने  सम्भावना बढेर गएकाले पीएसजीले पहिलो खेलमा समावेश नगराएको बताइसकेको छ।

नेमारले क्लब छोड्ने चर्चा चलिरहेकै बेला पीएसजीले आफ्नो स्पोट्स पसलमा नेमारको जर्सी बेच्न छोडेको फ्रान्सेली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सबै खेलाडीको जर्सी पाउँदा नेमारले लगाउन गरेको जर्सी नम्बर १० भने भेटिदैन। वास्तवमा नेमार क्लबको पसलको एउटा प्यानलमा मात्रै देखिन्छन्, जहाँ फुटबलका बुटहरू बेचिन्छ।

यसअघि शनिबार राति भएको लिग वान अन्तर्गत निम्सविरुद्धको पहिलो खेलका क्रममा पीएसजीका समर्थकहरुले रंगशालामा नेमारविरुद्ध नारा लगाएका थिए। उनीहरुले नेमार तिमी क्लब छोड, अब हामीलाई चाहिँदैन जस्ता नारा नेमारविरुद्ध चर्को स्वरमा लगाएका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।