साउन २८- सिक्किम डेमोक्रेटिक फ्रन्ट एसडीएफ का नेता तथा पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङको पार्टीका १३ मध्ये १० विधायक भारतीय जनता पार्टी ९भाजपा० मा प्रवेश गरेका छन् ।

भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डा तथा पार्टी महासचिव राम माधवको उपस्थितिमा विधायकहरूले मंगलबार भाजपाको सदस्यता लिए । अब एसडीएफमा पूर्व मुख्यमन्त्री सहित ३ जना विधायक रहनेछन् ।

सिक्किममा सिक्किम क्रान्तिकारी पार्टीको सरकार छ । सत्ताधारी पार्टीसँग १६ जना विधायक रहेका छन् । तीन सीट खाली छन् । यस अवस्थामा बहुमतका लागि १५ विधायकको समर्थन आवश्यक हुन्छ।

चामलिङ, उनको पार्टीका एक विधायक र सत्ताधारी एसकेएमका उम्मेदवारले दुई्दुई स्थानमा चुनाव जितेका कारण एक्एक स्थानमा राजीनामा दिएकाले खाली भएका तीन स्थानमा उप निर्वाचन हुन बाँकी छ । सिक्किम विधानसभामा कुल ३२ सीट रहे पनि अहिले २९ विधायक रहेका छन् ।

राम माधवले भने, “एसडीएफका १३ जना विधायक थिए । पार्टीको विधायक दलले भाजपामा प्रवेश गर्ने निर्णय लियो । अब सिक्किममा एसडीएफका विधायक भाजपामा प्रवेशपछि सिक्किममा पनि सरकार बनाउने बाटो खुलेको छ ।”

कुनै पार्टीका दुई तिहाइ विधायक अर्को पार्टीमा प्रवेश गरेपछि दलबदल कानून लागू नहुने व्यवस्था छ । –एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।