photo : google

ढाका । बङ्गलादेशमा डेङ्गुको संक्रमणले सन् २०१९ मा ४० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूमा समेत सेवा दिन अफ्ट्यारो भएको छ ।

लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमणको कारण मानिसमा ज्वरोको आउने यो रोग सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ । तर यो बर्ष डेङ्गु एशियाली केही मुलुकहरूमा जटिल समस्याका रूपमा देखा परेको छ । बङ्गलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् । सोमबार मात्रै बङ्गलादेशका विभिन्न अस्पतालमा दुई हजार १ सय बिरामी भर्ना भएका स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताइन् । तर बङ्गलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए ।

बङ्गलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिकहरू शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् । बङ्गलादेशमा डेङ्गुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीको विदा समेत रद्ध गरि सङ्कटलाई हटाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बताए । विरामीको चापसँगै काम गर्न समेत असहज भएको चिकित्सकहरुले बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।