साउन २७- चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रिमियर लिगमा गतिलो सुरुवात हुन सकेन । यस सिजनको पहिलो प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाईटेडसँग चेल्सी ४(० गोलले पराजित भएको छ ।

म्यानुका लागि मार्कस रासफोर्डले दुई गोल गरे भने एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरे ।म्यानुका लागि खेलको १८ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमार्फत गोल गरे ।

दोस्रो हाफमा म्यानु उत्तिकै बलियो देखियो । म्यानुका लागि खेलको ६५ औं मिनेटमा मार्सियलले गोल गरे ।

खेलको ६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

म्यानुमा यसै सिजन आवद्ध भएका ड्यानियल जेम्सले खेलको ८१ औं मिनेटमा गोल गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।