साउन २७- नागरिकता वितरण सुरु भएयता हालसम्म २ करोड ६ लाख जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

गृह मन्त्रालयका अनुसार २०७६ वैशाखसम्ममा देशभरबाट २ करोड ६ लाख जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन्।

यसैगरी विवाहका आधारमा ३ लाख ९५ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। यस्तै वैवाहिक अंगीकृत नागरिकता पाएका नागरिकबाट जन्मिएका ४ हजार सन्तानलेृ समेत अंगीकृत नागरिकता लिएका छन्।

यस्तै ८ हजार ३ सय विदेशीले समेत अंगीकृत नागरिकता पाएका छन्। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गत वैशाखसम्म २ करोड ६ ला जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।