२६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लाहरुमा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ । यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गते बाट यात्रा शुरु गरिने राप्रपाले जनाएको छ ।

राप्रपा प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र २३ गते सिन्धुलीबाट यात्रा शुभारम्भ गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने प्रारम्भिक तालिका तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । यसअघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथदेखि गोरखनाथसम्म यात्रा सम्पन्न भईसकेको छ भने अहिले तेश्रो चरणको यात्राको तयारी गरिएको छ। तेश्रो चरणको यात्रा पछि बाँकी जिल्लाहरुको यात्रा दशैँ र तिहारको बिचमा हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले बताए ।

बैठकको निर्णय र यात्रा तालिका बारे पार्टी अध्यक्ष कमल थापालाई आजै जानकारी गराईएको र थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अगाढी बढाउन निर्देशन दिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।