मुम्बई । प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको ट्रेलर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक भएको ट्रेलरमा साहो एक्सन थ्रिलर फिल्म रहेको देखिएको छ । केहिसमय अघि अभिनेता प्रभास र अभिनेत्री श्रद्धाको पोष्टरमा पनि फिल्ममा भरपुर एक्सन रहेको बुझिएको ट्रेलर हेर्दा पुष्टि भएको छ ।

आगामी अगष्ट ३० मा रिलिज हुने साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् । यस बर्षको सर्वाधिक प्रतिक्षित फिल्म मध्येको एक साहोमा रोमान्स र एक्सनको थ्रिलर रहेको बताइएको छ । भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।

फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् । प्रभासको बाहुबलीको दुई सिरिजपछि पहिलो फिल्म भएकाले यो फिल्मको राम्रो हाइप रहेको फिल्म विश्लेषकहरुले बताएका छन् । फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।