
हेटौँडा,२५ साउन ।
हेटौँडा उपमहानगरपालिकाले मासुको मुल्य निर्धारण गरेको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा माछामासु ब्यवसायी संघको प्रतिनिधि सहित बसेको बैठकले मासुको मुल्य निर्धारण गरेको हो ।
आजबाट लागु हुनेगरि निर्धारण गरिएको मासुको मुल्य यस प्रकार रहेको छ ।
खसीको मासु : ८५० रुपैँया प्रतिकेजि
बोसो रहित खसिको मासु : ८८० प्रतिकेजि
राँगाको मासु : ४ सय रुपैँया
राँगाको फल मासु : ४५० रुपैँया
भैंसीको मासु : ३०० रुपैयाँ,
बाख्रीको मासु : ६ सय रुपैयाँ
पाठीको मासु : ७ सय रुपैयाँ
ब्रोईलर कुखुराको मासु : ३ सय ५० रुपैयाँ तोकिएको व्यवसायीहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्