२५ श्रावण
मकवानपुर र वाराको सिमानामा पर्ने चुरीयामाई मन्दीर नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ ।

बिरगंज पोखरा चल्ने ना४ ख८२५८ नम्बरको यात्रुबाहक बस तिब्र गतिका कारण दुर्घटना भएको छ ।

चुरियामाइ मन्दिर र ३ नम्बर पुलको बिचमा भएको दुर्घटनामा २९ जना घाइते भएको ,घाइतेहरुको चुरेहिल अस्पताल हेटौंडामा उपचार गरिएकोमा सामान्य उपचार पछि केही घर फर्कि सकेको र १५ जनाको सो अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरिले जानकारी दिनु भयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।