file photo

साउन २४ – चालु आर्थिक वर्षको लागि सरकारले ६८ अर्ब ६८ करोड बजेट छुट्याएको थियो। जसमा मन्त्रालयले चालु आर्थिक वर्षका लागि आफूले पाएको ६८ अर्ब ६८ करोड ६० रुपैयाँ बजेट मन्त्रालय अन्तर्गतका विभिन्न कार्यक्रमको लागि बाँडफाड गरेको छ।यस्तै प्रदेश ३ लाई ७४ करोड ३ लाख ९४ हजार बजेट छुट्याएको छ ।

राष्ट्रिय बजेटको ४.४८ प्रतिशत पाएको स्वास्थ्यले नयाँ संरचनाअनुसार संघले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४२ अर्ब ६७ करोड ९ लाख रुपैयाँ, प्रदेशले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४ अर्ब ८७ करोड ८१ लाख रुपैयाँ र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाको लागि २१ अर्ब १३ करोड ७० लाख रुपैयाँ छुट्याएको छ।

मन्त्रालयले प्रदेशको कार्यक्रमका लागि छुट्याएको ४ अर्ब ८७ करोड ८१ लाख ८३ हजार रुपैयाँको सातै प्रदेशका लागि बाँडफाँड गरेको छ। मन्त्रालयले सातवटा प्रदेशलाई स्वास्थ्यका विभिन्न १३ वटा कार्यक्रम सञ्चालन गर्न सो बजेट बाँडफाड गरेको हो।

कुन प्रदेशलाई कति बजेट ?

मन्त्रालयका अनुसार प्रदेशस्तरमा चलाउने यी कार्यक्रमका लागि सबैभन्दा बढी बजेट ७६ करोड ५६ लाख ५९ हजार रुपैयाँ प्रदेश ५ ले पाएको छ। त्यसपछि प्रदेश १ मा ७५ करोड ५७ लाख १३ हजार रुपैयाँ, त्यसपछि सबैभन्दा बढी प्रदेश २ ले ७४ करोड ८७ लाख ५ हजार रुपैयाँ पाएको छ। यस्तै प्रदेश ३ ले ७४ करोड ३ लाख ९४ हजार, कर्णाली प्रदेशमा ६७ करोड ७५ लाख ३३ हजार, गण्डकी प्रदेशमा ६० करोड ७९ लाख २२ हजार रुपैयाँ र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा ५८ करोड २२ लाख ५७ हजार रुपैयाँ पठाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।