
भारतको पुणेमा एक गधीले ‘गीत गाएपछि’ उसको भिडियो अहिले भाइरल भएको छ । पुणेको जनावर शरण केन्द्रमा उक्त गधीलाई राखिएको छ ।
शरण केन्द्र रेस्क च्यारिटेबल ट्रस्टकी प्रमुख जेसिका रोबर्ट्सले एमिलीको गायनका बारेमा बताइन्, ‘उसले मीठो खाना देखेपछि लेघ्रो तान्ने गरेकी थिई । स्वादिलो खानेकुरा राखेको भाँडो देखेर ऊ गीत गाउन थालेकी थिई । उसले गाएर मलाई पहिला खाना देऊ भन्न खोजेको हुनुपर्छ ।’ एजेन्सी
VIDEO: Emily, a rescue donkey who lives at an animal shelter in the Indian city of Pune has become an internet sensation after a clip of her "singing" went viral pic.twitter.com/GIO9gRst0B
— AFP news agency (@AFP) August 9, 2019
प्रतिक्रिया दिनुहोस्