हेटौँडा,२४ साउन । पुर्वि मकवानपुरको बकैया गाउँपाािलका वडा नंबर ४ निवासी एकजना सुन्न तथा बोल्न नसक्ने ब्यक्तिको पिसाव थैलिमा एक मिटरको विजुलीको तार फेला परेको छ ।
सुन्दै अचम्म लाग्ने तर वास्तविकता मानिसको पिसाब थैलीमा करीब डेढ मिटर लामो विजुलीको तार भेटियो भन्ने सुन्दा एक पटक पत्याउन पनि मुस्किल हुन्छ । तर, अचम्म लाग्ने घटना मकवानपुरमा भएको हो ।
बकैयाको जुरेली निवासी ५० वर्षीय कान नसुन्ने र बोल्न नसक्ने कृष्णबहादुर फुयाँलको पिसाब थैलीमा १ सय बीस सेन्टिमिटर लामो विजुलीको तामाको तार भेटिएको छ ।
विगत १० महिनाबाट पिसाव थैलिको समस्यामा परेको उनको थप उपचारको लागि चितवनको भरतपुर स्थित एक मेडिकल लगेपछि उनको पिसाव थैलिमा यति लामो तार भेटिएपछि डाक्टरहरुनै चकित परे । मानिसको पिसाव थैलिमा १ सय २० सेन्टीमिटरको विजुलीको तार कसरी छिर्यो भन्ने विषयले डाक्टरहरुलाई निकै आश्चार्यमा त पार्यो नै उनको परिवारका सदस्यहरु पनि चकित भए ।
पिसाव बन्द भएपछि पत्थरीको आशंका उपचार गर्न पुगेका उनको पिसाव थैलिमा तार भएको पाईएपछि परिवारका सदस्यहरु समेत शसंकित भएका छन् ।

बोल्न र कान सुन्न नसक्ने फुयाँल विगत १० महिनादेखि लगातार बिरामी परेका थिए । करीब २ महिना अघि परिवारका सदस्यले उपचारका लागि हेटौंडा जिल्ला अस्पताल लगेका थिए । अस्पतालले उनलाई पिसाब थैलीमा पत्थरी रहेको भन्दै अप्रेशन गर्नुपर्ने भन्दै तत्काल औषधि सेवन गर्न लगाइयो । तर, करीब एक महिनासम्ममा पनि औषधिले बीसको उन्नाइस भएन, बरु अचानक पिसाब आउनै बन्द भयो ।

करीब १० महिना अघि नाकमा फुली लगाउने महिलाको समूहले आफूलाई बेहोस् बनाएको र केही थाहा नभएको इशारा मार्फत बताएका छन् । फुयाँललाई १० महिना अघि बेहोस बनाएर उनको गोप्य अङ्ग (लिङ्ग) बाट सो बिजुलीको तार पसाइएको शंका गरिएको छ ।
केही दिन अघि मात्रै उनलाई चितवन भरतपुरको शान्ति अस्पतालमा लगेपछि बिरामी फुयाँलको पिसाब थैलीमा बिजुलीको तार रहेको पत्ता लाग्यो । डाक्टरको सल्लाह अनुसार तुरुन्तै अप्रेशन गरियो र उनको पिसाब थैलीबाट १ मिटर २० सेन्टिमिटर लामो विजुलीको तार निकालिएको छ । डाक्टरका अनुसार विजुलीको तार खानपान वा अन्य कारणले नभई बाहिरबाट पसाइएको हुनसक्ने बताएका छन् ।

उनका परिवारका सदस्य मध्येका अजय फुँयालले खबरब्रेकलाई भने : मानिसको शरिरमा यति लामो विजुलीको तार भेटिएको घटनाले हामी निकै आश्चार्यचकित भएका छौ । यस्तो षड्यन्त्र गर्ने ब्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्ने उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।