पुरुषले महिलालाई बलात्कार गरेको त् सुन्नु भएकै होला तर भारतमा महिलाले महिलालाई नै बलात्त्कार गरेको आरोपमा एक युवती पक्राक्राउ परेकी छन्।सेक्स टोयमार्फत एक महिलालाई बलात्कार गरेको आरोपमा १९ वर्षीया भारतीय युवती पक्राउ परेकी हुन् । अदालतले उनलाई जुडिशल कस्टडीमा तिहाड जेलमा पठाएको छ ।

उक्त घटना गत वर्ष सेप्टेम्बरको हो । यो मामलामा सीमापुरी पुलिसले तीन युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर पुलिसले अर्की आरोपी १९ वर्षकी युवतीमाथि भने मुद्दा दर्ता गरेको थिएन । सर्वोच्च अदालतले समलैंगिकता धारा ३७७० लाई अपराधको श्रेणीबाट बाहिर निकालेको भन्दै उनी आफू पक्राउ पर्न नहुने बताएकी थिइन् ।
नर्थ ईस्टमा बस्ने २५ वर्षकी पीडित महिलाका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक बलात्कार र कुटपिट गरेको आरोप छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।