१९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् । रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै  एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ ।

अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ ।

जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जेल सजाय काटिरहेका थिए ।

तर छोरीको रुप धारण गरेर भाग्ने सिल्भाको योजना बीचमै तुहियो । उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।