एजेन्सी, २१ साउन । जापानको विश्व चर्चित इलेक्ट्रोनिक्स कम्पनी सोनीले मानिसको सर्टमा लगाउन मिल्ने ‘एसी’ (एयर कन्डिशन) बनाएको छ ।

मोबाइलभन्दा पनि सानो आकारको ‘रेओन पकेट’ नाम दिइएको उक्त एसीले मानिसलाई २४सै घण्टा शीतल गराइरहने कम्पनीले दावी गरेको छ ।

यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्धनभन्दा तल्लो भागमा लगाउन सक्नेछन् जसका लागि कम्पनीले ब्याग समेत सानो ठूलो आकारमा बनाएको छ ।

‘रेओन पकेट’ नामक एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेको छ । जसले धेरै छिट्टो चिसो र तातो बनाउन सक्छ। कम पावरमा समेत चलाउन सकिने उक्त तत्वको प्रयोग कार कुलर तथा वाइन कुलरमा समेत प्रयोग गर्ने गरिन्छ ।

यो स्मार्ट एसीमा लिथियम आयोन ब्याट्री जडान गरिएको छ । जसलाइ २ घण्टा चार्ज गरेपछि दिनभरी चलाउन सकिन्छ । यो एयर कन्डिशनर ‘ब्लूतुथ ५.० एलइ कनेक्टेड’ फोनमा समेत सपोर्ट गर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।