एजेन्सी,आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ ।

त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ । यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ ।

– पल्टिएको बेला
– दिसा गरेर आउनासाथ
– पिसाब गरेर निस्कनासाथ
– दूध खाइरहेको बेला
– चिया खाइरहेको बेला
– चना खाइरहेको बेला
– भोजन गरिरहेको बेला
– भोजन गरेलगत्तै
– हिँडेर बेस्कन थाकेको बेला
– असिनपसिन भएको बेला
– कडा शारीरिक श्रम गरेर आउनसाथ
– व्रत सकिनासाथ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।