सांकेतिक तस्बिर

साउन १७- सुनको मूल्य शुक्रबार आकाशिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको मूल्य ८ सय रुपैयाँ महंगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार उक्त सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।