साउन ६- कैलालीमा एकजनाले हसिया प्रहार गरी बुवाको हत्या गरेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको जानकारी दिएको छ ।यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।

उनलाई गएराती नै कोहलपुर रेफर गरिएको छ । हत्या गर्ने रावतलाई भने गएराती नै नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।

उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।