file photo

एजेन्सी,वेल्स तथा स्पेनिस महारथी रियाल म्याड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनियाँ क्लबहरुले अनुबन्ध गर्ने चासो देखाएको छन् । म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार बेलले केही दिनमै म्याड्रिड छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्न चिनियाँ सुपर लिग क्लबले चासो देखाएको हो ।

जिदानको भनाई सार्वजनिक भएसँगै चिनिया क्लब सांघाइ सिन्हा, जियाङ्सु सुनिङ र बेइजिङ गुवानले अुनबन्ध गर्ने चासो देखाएका छन् । स्रोतका अनुसार बेल चीन कीर्तिमानी मुल्यमा प्रस्थान गर्नेछ । बेलको हप्ताको पारिश्रमिक ३ लाख ५० हजार पाउन्ड हुन सक्नेछ । रियलमा बेलको सम्झौता २०२२ सम्म रहेपनि म्यानेजर जिदान बेललाई क्लबमा राख्ने पक्षमा छैनन् । प्रि सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा आइतबार बायर्नविरुद्ध पनि जिदानले बेललाई बेन्चमै पनि नराख्ने निर्णय लिएका थिए । जिदानले बायर्न विरुद्ध २२ खेलाडी प्रयोग गरेका थिए ।

६ वर्षअघि इंग्लिस क्लब टोटेनहमबाट कीर्तिमानी ८६ मिलियन पाउन्डमा रियालमा आएका बेलले गतवर्षदेखि सोचअनुरुपको प्रदर्शन गर्न सकेको छैनन् । त्यसैले पनि रियालले ४ पटक च्याम्पियन्स लिग जिताएका उनलाई क्लबमा राख्ने मनासय बनाएको छैन । बेल र जिदानको सम्वन्ध गत सिजनदेखि नै राम्रो हुन सकेको छैन । बेललाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र पुर्व क्लब टोटेनहमले पनि चासो देखाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।