हेटौँडा,६ साउन ।
प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका दुई जना विद्यार्थी अनिश्चितकालको लागि निलम्बनमा परेका छन् ।
साउन ५ गते आईतबार विहान मकवानपुर बहुमुखी क्याम्पसमा पढाउने प्रध्यापकलाई अभद्र ब्यवहार गरेको पुष्टी गर्दै क्याम्पस प्रशासनले कक्षा १२ मा अध्ययन गर्ने सुजन चौलागाई तथा दिनेश हटुवाललाई निलम्बन गरेको हो ।
प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै हिजो नै पब्लिक क्याम्पस प्राध्यापक संघले हिजो विज्ञप्ति जारी गर्दै ति विद्यार्थीहरुलाई निश्कासन नगरेसम्म क्याम्पसमा अध्यापन नगर्ने चेतावनी दिएको थियो । सोहि चेतावनी पश्चात आज बिहानै क्याम्पस प्रशासनले कारबाहीको काम गरेको हो ।
विद्यार्थी निलम्बनपछि क्याम्पसमा आफुहरुले पठनपाठन सुरु गरेका पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष भोजराज ढकालले खबरब्रेकलाई बताए । उनले भने ः क्याम्पसले कारबाहीको पहिलो काम थालनि गरेको कारण आफुहरुले पठनपाठन सुरु गरेका छौ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।