पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र सिसन बानियाँको एउटा तस्बिर यतिबेला निकै चर्चा रहेको छ । यतिबेला टर्की भ्रमणमा रहेका उनीहरुको टर्कीबाटै सार्वजनिक गरिएको तस्बिरले चर्चा पाएको हो ।

जुन तस्बिरलाई केहीदिन अघि सिसनले सामाजिक सञ्जालमा सेयर गरेका थिए । तस्बिरमा श्रृङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ । श्रृङ्खलाले सिजनको काधँमा आफ्नो टाउको राखेर पोज दिएकी छिन् । अहिले त्यहि तस्बिरका कारण श्रृङ्खला र सिसन प्रेममा रहेको चर्चा चल्न थालेको छ ।

मिस नेपालको समयमा विभिन्न भिडियो बनाएर साथ दिने मिल्ने साथी भनिएका सिसनसँगै भ्रमणमा जानु, नेपालमा हुँदा पनि श्रृङ्खला धेरै ठाउँमा सिजनसँगै पुग्ने गएकाले उनको र सिसनको बीचमा खास केहि छ की भन्ने चर्चा चल्न थालेको हो ।

श्रृङ्खलाले आफ्नो मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा आफूलाई निरन्तर साथ दिने व्यक्तिको नाममा सिसनको नाम कहिले छुटाउने गरेकी छैनन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।