अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले ईटालीको युभेन्टसलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३–२ ले पराजित गर्‍यो ।

टोटनह्यामको जितमा इङ्लिस स्ट्राईकर ह्यारी केनले ईन्जुरी समयमा निर्णायक गोल गरे । यसअघि टोटनह्यामका एरिक लामेला र लुकास मौराले एक–एक गोल गर्दा युभेन्टस्का गोन्जाले हिगुवान र क्रिश्चियानो रोनाल्डोले एक–एक गोल गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।