हेटौँडा,५ साउन ।
नेपाल कानुन समाजद्वारा संचालित नागरिक संवाद कार्यक्रम आज हेटौडामा सम्पन्न भएको छ । असार महिनामा संघिय संसदमा के के विधेयक सम्पन्न भए भन्ने बिषयमा अधिबक्ता रघुनाथ खरालले जानकारि गराउनु भयको थियो ।

कार्यक्रममा बोल्दै वडा नं ४ मा वडाध्यक्ष नवीन सिग्देलले आम समाजमा फिर्ता भएका विधेयकको मात्र परिचर्चा भयको , संघको मात्र होईन स्थानिय तहको पनि सदन र बहस चल्नुपर्ने बताउनु भयो । स्थानिय तहमा परिकल्पना गरे बमोजिमको स्रोतसाधन, कार्यक्षमता, जनसक्ति नरहेको जसले गर्दा कानुन कार्यान्वयन गर्न कठिनाइ रहेको जानकारि गराउनुभयो ।उपस्थीत सरोकारवालाहरुले नागरिक संवाद मात्र गरेर नहुने सरोकारवाला संग बसेर समीक्षा समेत गर्नुपर्ने समेत बताएका छन । संघिय ऐन अनुसार प्रदेश र स्थानिय कानुन बनाउदा बाझिने किसिमको हुन नहुने उनिहरुको भनाइ छ । ।

कार्यक्रममा संवाददकि कार्यक्रम संयोजक शान्ति प्रीय बन्दना लगायत ४३ जना स्थानीय सरोकार वाला शिक्षक शिक्षिका हरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न समिति द्धारा भएको कार्य प्रगतिको बारेमा पनि समिक्षा गरीएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।