हेटौँडा,५ साउन ।
स्वतन्त्र विद्यार्थी युनियन, मकवानपुर बहुमुखी क्याम्पसले आज विहान भएको स्ववियु कार्यलय तोडफोडको घटनाप्रति गम्भिर ध्यानाकर्षण गर्दै तोडफोडमा संलग्न भएकाहरुलाई कारबाहीको माग गरेको छ ।
प्राध्यापक र शिक्षकको विवादमा स्ववियु कार्यलयमा तोडफोड गर्ने कामको खेद प्रकट गर्दै स्ववियु सभापति कुमार केसीले विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा विद्यार्थी राजनीतिको खोल ओडेर भएको यस्तो घटना गराउन कसैलाई छुट नभएको समेत भनिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।