साउन ५- ब्रिटिस एयरवेजले सुरक्षाको कारण देखाउँदै इजिप्टको कायरोका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको छ ।

ब्रिटिस एयरवेजले सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो । एयरवेजले सुरक्षाका दृष्टिले उडानहरु स्थगित गरिएको जनाउँदै आफ्ना चालक दलका सदस्यको ज्यान बाजी राखी उडान भर्न नसक्ने जनाएको हो ।तर कस्तो खालको सुरक्षा चुनौती देखियो भन्नेबारे भने केही खुलाइएको छैन ।

उडान स्थगित गरेसँगै हजारौं यात्रु प्रभावित भएका छन् । केही यात्रुले भने इजिप्टका लागि बोर्डिङ पास लिइसकेपछि उडान रद्द गरेको भन्दै एयरवेजप्रति खेद व्यक्त गरेका छन् । उनीहरुले सो एअरवेजका कर्मचारीले सही सूचना दिन आनाकानी गरेको र सहयोगसमेत नगरेको गुनासो गरेका छन् । यसैबीच जर्मनीको लुफ्थान्सा एअरले पनि इजिप्टमा शनिबार हुने आफ्ना उडान रद्द गरेको थियो । तर, आइतबारदेखि उडान हुने एयरलाइन्सका प्रवक्ताले जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।