साउन ५- सेलेब्रिटीको आफ्नो व्यक्तिगत जीवन हुन्छ। त्यो जीवन आममानिसले बाँचेजस्तो नै हुन्छ।उनीहरुका पनि निजी कुरा हुन्छन्, जो बाहिर आउनु हुँदैन।

उनीहरुका अन्तरंग कुरा बाहिर आउँदा पनि व्यवसायिक जीवनमा नै समस्या परेका घटना पनि छन्।अहिले यस्तै अन्तरंग फोटोका कारण नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह चर्चामा छिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनी अहिलेकी चल्तीकी नायिका हुन्। उनको आफ्नै फ्यान फलोअर्स छन्।फिल्मका साथै व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आइरहने साम्राज्ञी पहिले मयंक खड्कासँग प्रेमसम्बन्धमा थिइन्।

मयंकसँगको ब्रेकअपपछि उनी देवाङ्कस राणासँग प्रेममा छिन्।उनीहरु दुबै अहिले इन्डोनेसियाको बालीमा बिदा मनाइरहेका छन्।

यसैबीच साम्राज्ञीको बिकनीवाला फोटोले फिल्मी बजार ततायो।त्यसको केही समयपछि उनले देवाङ्कस राणाले चुमेको फोटो सार्वजनिक गरिन्।

तयसपछि भने उनलाई फ्यानले गाली गर्न थाले। इन्स्टाग्राममा सार्वजनिक भएका फोटो फ्यानले मन नपराएको बुझेपछि उनले हटाएकी छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।