सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृतवको नेकपाका एक प्रभावशाली नेता तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनी विप्लव समूहको जनसांस्कृतिक महासंघका अध्यक्षसमेत हुन् ।

उनलाई गएराति काठमाडौंको काँडाघारीबाट प्रहरीले उनी पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका अनुसार विशेष सूचनाको आधारमा लामालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार लामासँगै विप्लव समूहका अर्का नेता रेशम तामाङ पनि पक्राउ परेका छन् ।

लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । प्रहरीका अनुसार उनलाई पक्राउ गर्न निकै लामो प्रयास गर्नुपरेको थियो । माइलाको गिरफ्तारीलाई प्रहरीले ठूलो उपलब्धी मानेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।