हेटौँडा,५ साउन ।
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लमाले रक्तदान गरेकि छिन् । रक्त सञ्चार केन्द्र हेटौँडामा रगत अभाव भएको खरब प्रकाशन भएपछि उनले आज रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेकी हुन् ।

रगत अभाव भएको समाचार माध्यामा सुनेपछि आफुले रक्तदान गरेको उनले बताईन् । रक्तदान नै जीवनदान भएको भन्दै उपमेयर लामाले रक्तदान गर्न मिल्ने सबै हेटौँडाका नागरिकलाई रक्तदान गर्न समेत आग्रह गरेकि छिन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।