
हेटौँडा,५ साउन ।
उत्तरी मकवानपुरको भीमफेखी गाउँपालिका वडा नंबर १ मा कार र मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन् ।
आज साँझ भिमफेदि गाउँपालिका वडा नं। १ बादरेभिरमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना ५४ प २८९१ नम्बरको पल्सर मोटरसाईकल र हेटौडाबाट काठमाण्डौ जादै गरेको पिएए ०११० नम्बरको कार दुर्घटना हुदा हेटौडा ४ सितलमहलका २२ वर्षीय सुजन कार्की र हेटौडा १० बस्ने रंजित सुर्खेती घाइते भएका हुन् ।
घाईते मध्ये सुर्खेतीको अवस्था गम्भिर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको थप उपचारको लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्