file photo

रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले वेल्सका स्ट्राइकर ग्यारेथ बेलले रियल छोड्न लागेको बताएका छन् । आइतबार बिहान इन्टरनेसनल कप अन्तर्गत बायर्न म्युनिखसँगको खेलमा खेल्ने मौका नपाएका बेलले छिट्टै क्लब छोड्ने भएका हुन् ।

बायर्नसँग ३-१ गोल अन्तरले रियल पराजित भएपछि बोल्दै जिदानले बेलले छिट्टै कल्ब छोड्ने बताए । उनले भने, ‘हामीलाई आशा छ उनले छिट्टै क्लब छोड्ने छन्, यो नै सबैका लागि राम्रो हुने छ । हामि उनको नयाँ क्लबको ट्रान्सफर बारे छलफलमा छौ ।’ गत बर्षको खराब प्रदर्शनपछि टिममा परिवर्तन गर्नुपर्ने आवश्यक भएकोले नै बेललाई अन्य कल्बमा जान दिन लागिएको उनले स्पष्ट गरे ।

उनले बेलसँग आफ्नो निजि कुनै कुरा नभएको बताउदै सहि समयमा खेलाडीले पनि उनीहरुले गर्नुपर्ने काम गर्नै पर्ने हुनाले त्यसो गर्न नसक्दा टिम परिवर्तन गर्नुपरेको बताए । आउदो ४८ घण्टासम्म यो विषय प्रष्ट हुने समेत जिदानले बताए । मिडिया रिपोर्टका अनुसार बेललाई जर्मनी क्लब बायर्न म्युनिखले आर्जें रोबिन र फ्र्यांक रिबेरीको ठाउमा लैजाने बारे छलफल गरिरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।