एजेन्सी, पछिल्ला दिनहरूमा ब्राजिलका स्टार नेयमार इटालियन च्याम्पियन टोली युभेन्टस जाने चर्चा छ । बार्सिलोना फर्किने विषयमा अन्यौलता छाएपछि नेयमार पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको टोली युभेन्टस जान चाहेको बताइएको छ ।

यता, नेयमारले क्लब छोडेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि नेयमारको विकल्पको खोजीमा छ । यस्तैमा नेयमारले क्लब छोड्ने बताएपछि उनको स्थानमा युभेन्टसका अर्जेन्टिनी स्टार पाउलो डेबालालाई लिग वान क्लबमा भित्र्याउने चर्चा चलेको छ ।

एउटा रिपोर्टलमा नेयमारको स्थानमा डेबला फ्रान्स जानसक्ने बताइएको छ । उक्त रिपोर्टमा पीएसजीका खेल निर्देशक लियोनार्डोले नेयमारको स्थानमा डेबाला ल्याउने उल्लेख गरिएको छ । फ्रान्सको उक्त रिपोर्टका अनुसार नेयमारको स्थानमा डेबालाको सम्भावना प्रचुर रहेको बताइएको छ । विश्वकीर्तिमान रकममा बार्सिलोनाबाट पीएसजी आएका नेयमारको स्थानमा पाउलो डेबालालाई रोजिएको बताइएको छ ।

डेबाला युभेन्टसका पूर्वप्रशिक्षक मासिमिलियानो अलेग्री क्लबमा छँदा पहिलो रोजाइका खेलाडी थिए । तर, चेल्सीबाट सार्री युभेन्टस गएसँगै उनले कमै स्थान पाउन थालेको बताइएको छ । डेबाला आइतबार हुने टोटनह्यामविरद्धको खेलमा पनि प्रारम्भिक सूचीमा परेका छैनन् । सन् २०१८–१९ मा रोनाल्डोका साथमा खेलेका उनलाई यस सिजन पीएसजीले नजर लगाएको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।