साउन ३- कुनै बेला लामो समयसम्म विश्वकै धनीको पगरी लगाउन सफल बिल गेट्स पछिल्लो समय दोस्रो धनी रहिरहन पनि सफल भएनन्।

उनलाई फ्रान्सेली अर्बपति बर्नाड आरनउल्टले उछिनेका छन् । विलासी सामग्री निर्माता एलभीएमएचका सीईओ आरनउल्टले मंगलबार ब्लुमबर्ग बिलियिनर सूचीमा गेट्सलाई उछिनेका हुन्।

सात वर्षअगाडि सूची सार्वजनिक गर्न थालिएपछि गेट्स दोस्रो स्थानबाट तल झरेको यो पहिलोपटक हो। यो खबर आजको कारोबारले छापेको छ।

सूचीअनुसार आरनउल्टसँग १ सय ८ अर्ब डलर बराबरको सम्पत्ति छ। माइक्रोसफ्टका संस्थापक गेट्ससँग १ सय ७ अर्ब डलरको सम्पत्ति छ।

ब्लुमबर्गको सूचीमा अमेजनका सीईओ जेफ बजोस पहिलो स्थानमा रहँदै आएका छन्। उनको कूल सम्पत्ति १ सय २५ अर्ब डरल छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।