साउन ३- अफगानिस्तानको काबुल विश्वविद्यालय नजिकै बम विष्फोट हुँदा छ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान विश्वविद्यालयको प्रवेशद्वार नजिकै भएको विष्फोटमा परी २७ जना घाइते भएका छन् ।

तालिबान र इस्लामिक स्टेटसँग सम्बद्ध एक संगठन अफगान सुरक्षाबल, सरकारी अधिकारी र अल्पसंख्यक शिया मुसलमान समुदायलाई लक्षित गरेर अफगानीस्तानमा बम आक्रमण गर्दै आएको छ । शुक्रबार भएको विष्फोटको अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। वहीदुल्लाह मयारले ट्विट गरेर विष्फोटको पुष्टि गरेका छन् । “काबुलमा आज ९शुक्रबार० बम विष्फोट हुँदा ५ जना सहिद भएका छन् र २७ जना घाइते भएका छन् । सबै घाइतेलाई अस्पताल पुर्‍याइएको छ । उनीहरुको उपचार भइरहेको छ,” उनले लेखेको छन् । नवभारत टाइम्सबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।