साउन ३- इन्डोनेसियाको बाली पुगेकी नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहले बिकिनीमा खिचेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

उनको फिल्म मारुनी प्रदर्शन हुने तयारीमा छ । उनको फिल्मसँग कबड्डीको तेस्रो सिक्वेल पनि भिड्दै छ । साम्राज्ञीको अर्को फिल्म रातो टीका निधारमा पनि छायांकन सकिएको छ । यो फिल्म भने दसैँको अवसर पारेर रिलिज हुनेछ ।

View this post on Instagram

Everything that I needed 💫

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

यसैबीच, दुई फिल्मको सुटिङ सकेपछि फ्रेस हुनका लागि साम्राज्ञी अहिले इन्डोनेसियाको बाली पुगेकी छिन् । विदेश गएपछि बिकिनीमा देखिने नेपाली अभिनेत्रीको पुरानो संस्कारलाई उनले पनि निरन्तरता दिएकी छिन् । उनले रातो बिकिनीमा खिचेका तस्बिर इन्स्टाग्राममा अपलोड गरेकी छिन् । बिकिनीसहितका तस्बिर सेयर गरेपछि त्यसले चर्चा पाइरहेको छ ।

View this post on Instagram

Refreshing 💫

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।