तस्बीर गुगल

मोबाइल बैंकिङ, खाना अर्डर गर्नु, मानिसहरुसँग कुराकानी गर्नु, फोटो खिच्नु लगायत सबै कामका लागि हामी स्मार्टफोनको प्रयोग गर्ने गर्दछौं । हाल डेटा लिग सम्बन्धी विभिन्न समाचार पत्रपत्रिकामा आइरहेका छन् । यस्तो अवस्थामा हामीले प्रयोग गरिरहेको स्मार्टफोन पनि कतिको सुरक्षित छ भनी सजग रहनु जरुरी छ ।

आफ्ना व्यक्तिगत डेटाको पहुँच आफूसम्म मात्र रहोस् भनी धेरै ख्याल गर्नुपर्ने हुन्छ । डेटा सुरक्षाका लागि केही सुझाव यसप्रकार छन् जसले तपाईंको स्मार्टफोनलाई पहिलेको भन्दा बढी सुरक्षित राख्न सक्छ ।

वार्तालापका लागि प्रयोग गरौं सुरक्षित एप

जुन एपले डेटा सुरक्षाका लागि एनक्रिप्सन प्रविधिको प्रयोग गर्दछ, त्यस्तो एप प्रयोग गर्नु सुरक्षित मानिन्छ । यसबाट डेटा लिक हुने खतरा कम हुन्छ । जीमेल र आउटलुकले लामो समयदेखि एनक्रिप्सन प्रविधिको प्रयोग गरिरहेका छन् । तर, यदि तपाईंलाई अतिगोप्य सूचना पठाउनु छ भने प्रोटोन मेलको प्रयोग गर्न सकिन्छ ।

फोनको सफ्टवेयरलाई अपडेट गरिराख्नुहोस्

नयाँ फिचरको लागि मात्र फोनको सफ्टवेयर अपडेट गर्नुपर्छ भन्ने होइन । सेक्युरिटीको लागि पनि यो निकै आवश्यक छ । अपडेटेड सिस्टममा बग फिक्स गर्ने समेत कतिपय फिचर राखिएका हुन्छन् जसका कारण डेटा लिकको सम्भावना कम हुन्छ । यदि तपाईं आइफोन अथवा एन्ड्रोइडका प्रयोगकर्ता हुनुहुन्छ भने दुवैको सेटिङ मेन्युमा गएर सफ्टवेयर अपडेटको अप्सनलाई छान्न सक्नुहुन्छ ।

व्यक्तिगत विवरणमा कुनकुन एपको पहुँच छ, सुनिश्चित गरिराखौं

ठेगानादेखि फोनबुकमा रहेको कन्ट्याक्टसम्म कतिपय एपले मोबाइलको डेटा जम्मा गरिरहेको हुन सक्छ । त्यसरी डेटा जम्मा गर्ने र व्यक्तिगत विवरणमा पहुँच पुर्याउने एप छ र ती सुरक्षित छैनन् भन्ने आफूलाई शंका छ भने पहिचान गरेर डिलिट गर्दा नै राम्रो हुन्छ । त्यस्तै, लामो समयसम्म प्रयोग नगरिएको अथवा कुनै विशेष परिस्थितिमा मात्रै इन्स्टल गरिएको एप पनि डिलिट गर्नु नै उचित हुन्छ । त्यस्तै, कुन कुन एपलाई आफ्नो डेटामा पहुँच दिने भन्ने पनि सेटिङमा गएर निश्चित गर्न सकिन्छ ।

पासवर्ड म्यानेजरको प्रयोग

हाल हामीले एकसाथ धेरै एकाउन्टको प्रयोग गरिरहेका हुन्छौं, यस्तो अवस्थामा सबैको पासवर्ड छुट्टाछुट्टै याद गर्न गाह्रो हुन्छ । यो समस्याबाट छुटकारा पाउन हामीले धेरै एकाउन्टको एउटै पासवर्ड राख्दछौं । यो धेरै खतरायुक्त हुन सक्छ ।

यस्तोमा लास्टपास, १पासवर्ड, किपर जस्ता पासवर्ड म्यानेजर सहयोगी हुन सक्छन् । यसमा केवल एक मास्टर पासवर्ड याद गरे पुग्छ । अन्य एकाउन्ट आफै अटोमेटिक लग इन गर्न सकिन्छ ।

वाइफाइमा भर्चुअल प्राइभेट नेटवर्कमात्रै

कतिपय अवस्थामा सार्वजनिक वाइफाइमा कनेक्ट गर्दा हामीले गोप्य डेटा पनि ट्रान्सफर गर्ने सम्भावना रहन्छ । त्यसैले डेटा लिक नहोस् भन्न भर्चुअल प्राइभेट नेटवर्क ९भीपीएन० को प्रयोग गर्नुपर्छ । भीपीएनले वाइफाइमा सुरक्षा स्थापित गर्दछ र यसले डिभाइसलाई इन्टरनेट प्रोटोकल एड्रेसलाई लुकाउँदछ । सेक्युरिटीको यो अतिरिक्त तहको कारण डेटा चोरी हुने सम्भावना कम हुन्छ । केही प्रसिद्ध भीपीएन सेवामा नोर्ड भीपीएन, एक्सप्रेस भीपीएन र आईपीभेनिस आदि पर्छन् ।एजेन्सीको सहयोगमा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।