file photo

साउन २- आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलन गर्दै बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । सँगै तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।