साउन २- बलिवुडका सुपरस्टार अक्षयकुमारको नयाँ फिल्म मिसन मंगलको ट्रेलर सार्वजनिक भएको छ ।

विहिबार सार्वजनिक भएको ट्रेलरमा अक्षयकुमार एक वैज्ञानिकको भूमिकामा देखिएका छन् । पछिल्ला बर्षहरुमा अत्यन्त सफल फिल्ममा अभिनय गरेका अक्षयको यो फिल्म आगामी अगस्ट १५ मा रिलिज हुदै छ ।

जगन शक्तिले निर्देशन गरेको यस फिल्मका निर्माता आर बाल्की हुन् । साथै यस फिल्मलाई फक्स स्टारले निर्माण गरेको हो ।

यस फिल्ममा अक्षय का अलावा तपसी पन्नु, विद्या बालन, सोनाक्षी सिन्हाको अभिनय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।