साउन १- सामाजिक सञ्जाल फेसबूकका नेपाली प्रयोगकर्ताहरूको प्रोफाइल अहिले बुढो बनेको तस्वीरहरूले रंगिन थालेको छ ।सकेसम्म आफूलाई तन्नेरी देखाउन खोज्ने साधारण मानवीय स्वभावलाई समेत चुनौती दिँदै फेसबूकमा सबैलाई कसले बुढो बनाउँदै छ ?

केहीले आफू बुढो बनेको तस्वीर अपलोड गरिसकेका छन् भने यसबारे अनविज्ञ केहीले ुलौ न कसरी बुढो बन्ने रुु भन्ने जिज्ञासा राखिरहेका छन् ।तपाईंलाई पनि जिज्ञासा लागेको छ रु पक्कै पनि हुनसक्छ ।

यो सबै एउटा एपको कमाल हो । फेस एप नामक उक्त एपमार्फत् तपाईंले आफ्नो तस्वीरलाई बुढो देखाउने मात्र होइन तन्नेरी पनि बनाउन सक्नुहुन्छ ।

त्यसैको प्रयोग गरेर अहिले सबै बुढो बनिरहेका हुन् । उक्त एपमा सामान्य तस्वीरलाई मुस्कान सहितको बनाउने, स्टाइल चेञ्ज गर्ने लगायतका सुविधा छन् ।

अधिकांश नेपाली प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न थालेको हालसालै हो । विदेशमा भने केही अगाडिदेखि नै यसको चर्चा छ ।लोकान्तरबाट 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।