रोचक

खुट्टा ढोग्न लाग्दा बाबुले गर्भवती छोरीको टाउको छिनालेपछी

एजेन्सी,भारतको मुम्बईस्थित घाटकोपरक्षेत्रमा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको इच्छाविरुद्ध केही महिनाअघि विवाह गरेकी थिइन् । छोरीले आफूखुशी विवाह गरेपछि क्रुद्ध बनेका पिताले नै छोरीको घाँटी काटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ । पुलिसका अनुसार मृतक मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रै पटक हमला गरेर उनको हत्या गरिदिएका थिए ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार मध्यमहरूले लेखेका छन्, “मीनाक्षी गत फेब्रुअरीमा मध्यप्रदेशको सतना गएकी थिइन् । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् जबकी उनका बुवाले उनको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी भइसकेको र निमन्त्रणा कार्ड समेत छपाइसकिएको थियो । तर मीनाक्षीको प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।”

खुट्टा ढोग्न निहुरिएकी छोरीमाथि चक्कु प्रहार

सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, उनले यस विवाहलाई स्कावीर गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । तर हालै मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगेपछि भने राजकुमार रिसाकेका थिए ।

शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भएको बताइएको छ । त्यसपछि राजकुमारले छोरीलाई भेट्ने इच्छा प्रकट गरेको र भातको क्रममा छोरीले खुट्टा ढोग्न लाग्दा उनका बुवाले उनीमाथि चक्कुले आक्रमण गरेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।
प्रतिक्रिया दिनुहोस्