साङ्केतिक तस्वीर

पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कामका लागि घरबाट सौराहा जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा उहाँलाई आज बिहान ११ः४० बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।