असार ३१-फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिएका छन् ।मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ ।

मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आएका थिए । उनले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भनेका छन् ।

सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताए।

“मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज विहान ९मङ्गलबार० बुझाएको छु, ” रगीले भने ।

उनलाई सरकारी पैसामा राजकीय जीवन विताएको, आफ्ना साथीहरुलाई बोलाएर संसदका सभामुखको अफिसियल होटलमा पार्टी गरेको आरोप लगाउदै यहि जुलाई १० मा एक अनुसन्धानात्मक मिडिया रिपोर्ट सार्वजनिक भएको थियो । सो रिपोर्टमा अक्टोबर २०१७ देखि जुन २०१८ सम्म १० भन्दा बढी पटक उच्च किसिमका डिनर कार्यक्रम सरकारी पैसामा गरेको आरोप लगाइएको थियो ।

उनले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।