file

राजविराज,बाढी प्रभावित क्षेत्रमा अहिले सर्पको डसाई एक्कासी बढेको छ। सर्पले डसेर सप्तरीको बाढी प्रभावित क्षेत्रका एकैदिन ३ जना घाइते भएपछि बाढी पिडित थप त्रासमा परेका छन् ।

बाढीसँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का ५० बर्षीय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षीय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षीय रामकुमार यादव घाइते भएका छन् । बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पिडितका आफन्तले बताएका छन् ।

तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंसका घटना हवात्तै बढेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।