फ्रेन्च क्लब पिएसजीले ब्राजिलियन स्टार खेलाडी नेइमारको बिक्रि मुल्य तोकेको खुलासा भएको छ ।  नेइमारले क्लब छोड्ने बताएपछि क्लबले निमारका लागि २४९ मिलियन अमेरिकी डलर मुल्य तोकेको स्पेनिस मिडिया एएसले उल्लेख गरेको छ । अहिले नेइमारलाई बार्सिलोनाले पुन: भित्र्याउने योजना बनाएको बताइन्छ । केहि साता अघि बार्सिलोनाका अध्यक्षले नेइमारलाई भित्र्याउन सकिने बताए पनि पिएसजी बेच्न तयार नभएको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार पिएसजीले नेइमारका लागि बार्सिलोनाले प्रस्ताव गरिएका भनिएका फिलिप कोटीन्हो र उसमान डेम्बेलेलाई भने अस्विकार गरेको बताइएको छ । पिएसजीले नेइमारलाई किन्ने सबै रकम नगद नै हुनुपर्ने बताएको एएसको रिपोर्टमा उल्लेख छ । पिएसजीको यस्तो अफर बार्सिलोनाले कोटीन्हो र डेम्बेलेलाई दिएर ४५ मिलियन डलर दिने प्रस्ताव राखेपछि आएको बताइएको छ ।

नेइमार  २०१७ मा पिएसजी जाँदा पनि २४९ मिलियन डलरमा नै बार्सिलोना छोडेका थिए । त्यसैले त्यो भन्दा कम रकममा पिएसजीले नेइमारलाई नदिने प्रस्ताव अगाडी ल्याएको छ ।

ढिलो गरि सोमबार मात्र पेरिस पुगेका नेइमारले पिएसजी व्यवस्थापनलाई आफुले क्लब छोड्न चाहेको बताए पछि पिएसजीले बार्सिलोनाको अफरको जवाफ दिएको हो ।  खरीबोट बाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।