file photo

३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पूर्वएमाले र पूर्वमाओवादी समूहमा विभागको जिम्मेवारीमा भागबण्डा गरेको टुंग्याएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको ४ घण्टा लामो छलफलपछि पार्टी एकताको बाँकी काम पूरा गर्ने सहमति भएको हो ।

पार्टीका ३२ वटा विभाग, सल्लाहकार कमिटी, जेष्ठ नागरिक मञ्चलगायत गठनका लागि भागबन्डाको समझदारी भएको छ । प्राप्त जानकारीअनुसार पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ वटा विभाग लिने सहमति भएको छ ।

जेष्ठ नागरिक मञ्चमा सय जना पूर्वएमालेबाट र २१ जना पूर्वमाओवादीबाट सदस्य बनाउने सहमति भएको छ । अध्यक्षद्वयबीचको समझदारीलाई आगामी साउन ५ गते बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने तयारी भएको नेकपा स्रोतले जनाएको छ । नेकपामा खासगरी संगठन, स्कुल, प्रचार लगायतका महत्वपूर्ण विभाग लिनेबारे विभिन्न समूहको आ-आफ्नो दावी रहँदै आएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।