३१ असार,नुवाकोटस्थित त्रिशूली नदीमा आज दुई जनाको शव भेटिएको छ । विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

सुनार आज बिहान हराएपछि खोजी गर्ने क्रममा विदुर नपा–५ बुनीबेँसी पुल नजीकै मृत्त भेटिएका हुन् । उनको खोजी गर्ने क्रममा अर्का एक पुरुषको समेत शव भेटिएको पल्लिमगरले बताउनुभयो । शव सडेको अवस्थामा भेटिएको छ । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।