file photo

असार ३१- अविरल वर्षाका कारण कुलेखानीको ड्याम भरिएपछि पूर्ण संचालनमा रहेका कारण नेपालको विद्युत भारत निर्यात भएको छ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले नेपालको विद्युत भारतमा निर्यात भएको जानकारी दिएका हुन्।

नेपालबाट भारततर्फ सोमबार १ सय ५० मेगावाट विद्युत निर्यात भएको र मंगलबार २ सय मेगावाट विद्युत् निर्यात गरिने उनले बताएका हुन्।

नेपालका नदीमा पानीको बहाब प्रशस्त भएको र पूर्ण क्षमतामा विद्युत आयोजना स‍ंचालन भएसँगै भारततर्फ विद्युत निर्यात भएको हो।

यससम्बन्धी सबै व्यवस्था तयार भइसकेकाले नेपालमा विद्युत उत्पादन बढी हुने बित्तिकै भारततर्फ निर्यात गर्न संभव भएको मन्त्रालयले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।