असार ३१- प्रहरीले फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

महानगरीइ प्रहरी अपराध महाशाखाको एक टोलीले तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी ब्रान्डका महङ्गा ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै उनीहरुले विभिन्न व्यक्तिलाई ठगेका थिए ।

एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै सचेत हुन सबैलाई आग्रह समेत गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।